रौतहट १८ भदौ /भन्सार छली चोरी निकासी र पैठारी कार्य राक्ने खटीएको टोलीले भकुवाखोला बाट भारत बाट ल्याएको कपडा, मल बेवारीसे अबस्थामा बरामद गरेको छ ।
शुक्रवार बिहान प्रहरी चौकी बंकुल र अस्थाई प्रहरी पोष्ट लौकाहाबाट संयुक्त रुपमा खटिएको प्रहरीगस्तीको टोलीले बौधीमाई नपा ७ भकुवाखोला बाट बिआर शुन्य ५ एल ६९७१ नम्बरको मोटरसाईकलमा ल्याएको कपडा र मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बरामद गरीएको समानको मुल्य एकलाख ३३ हजार ५ सय ९० रहेको जनाइएको छ । सोही स्थानमा बेवारीसे अवस्थामा रासायनिक मल समेत बरामद भएको प्रहरीले जनाएको छ ।