Thursday, September 12, 2024

भारतसँग सीमा जोडिएका ८ वटै नाका खुला

पछिल्लाे समाचार


सर्लाही ,११ असोज //
सर्लाहीमा भारतसँग सीमा जोडिएका ८ वटै नाका खुला गरिएको छ ।
आइतवार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सर्लाहीको बैठकले सरकारले गरेको निर्णयअनुसार जिल्लाका ८ वटै नाका खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिएका छन् ।

बैठकले सदरमुकाम मलंगवास्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित संग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलंगवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बाराउद्योरण र फेन्हरा नाका खुला गर्ने निर्णय गरेको हो ।
खुला गरिएका सबै नाकामा हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी महतोका अनुसार स्वास्थ्य कार्यालयमार्फत ती नाकामा एन्टिजेन परीक्षण गर्ने व्यवस्था समेत मिलाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु