Thursday, June 13, 2024

भारतीय नोटसहित एक जना पक्राउ

पछिल्लाे समाचार


पर्सा ,३० भदौ //
वीरगञ्जबाट भारतीय नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ निवासी २५ वर्षीय अजयकुमार शर्मा रहेका छन्।

प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले भारतबाट वीरगञ्जतर्फ आउदैँ गरेको ना १५ प २३७२ नम्बरको मोटरसाइकलमा सवार शर्मालाई रोकी चेक गर्दा उनको साथबाट १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख ओमप्रकाश खनालले बताएका छन्।

अवैध नोटसहित पक्राउ परेका शर्मालाई आवश्यक कार्यवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको खनालले जानकारी दिएका छन्

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु