Wednesday, May 22, 2024

मत्सरीमा एकघरमा पेस्तोल देखाएर लुटपाट

पछिल्लाे समाचार

रौतहट २२ भदौ /हतियारधारी समुहले दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा डकैती गरेको छ ।

स्थानिय सरोजानन्द झाको घरमा बिहान २ देखि ३ बजेको विचमा उक्त डकैती भएको हो।
मुखमा मास्क लगाएका अन्दाजी १० जनाको संख्यामा आएकाहरुले लुटेका हुन । घरमा झा कि श्रीमती , बुहारी र सानो नाती रहेको बताइएको छ ।
डाकाले डेढ महिनाको शिशु को टाउको मा पेस्तोल तेर्स्याएर हल्ला गरे गोली हान्ने धम्की दिदै एक घण्टा सम्म लुटपाट गरेको पिडितले बताएका छन ।
पिडित झा का अनुसार ५ लाख को नगद तथा गरगहना लुटेका छन ।
झा का छोराहरु काठमाण्डौमा रहेको बेला घरमा लुटपाट भएको हो । छोराहरुको कोठामा रहेको नगद र गरगहना लुटीएको वा नलुटीएको उनीहरु आएपछि थाहा हुने परिवारका सदस्यहरुले जनाएको स्थानिय पत्रकार प्रभात कुमार झा ले बताएका छन ।
उनीहरु घटना थाहा पाएपछि काठमाण्डौ बाट घर आउदै छन ।
घटनाको अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु