रौतहट,४ असोज //
रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ३ मत्सरीमा आइतबार ३३ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
मत्सरी स्थित संस्कृत माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत ३३ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो।
प्रदेश २ सरकारको “बेटी बचाउ ,बेटी पढाउ ” अभियान अन्तर्गत सो विद्यालयका ३३ जना छात्रालाई साइकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक टिएन झाले जानकारी दिए।
प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवको प्रमुख अतिथ्यमा साइकल वितरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै यादवले साइकलले महिला सशक्त नभएपनि समाजिक रुपान्तरणका लागि सहयोगी हुने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झा, विद्यालयका प्रधानाध्यापक टिएन झा, वरिष्ठ पत्रकार प्रभात कुमार झा, वडा सदस्यहरु, संस्कृत माध्यमिक विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो।