Wednesday, May 22, 2024

मनहर्वामा आधारभुत बिधालय भवनको शिलान्यास

पछिल्लाे समाचार


रौतहट ,२२ भदौ //
रौतहटको गुजरा नगरपालिका मनहर्वामा आधारभुत बिधालय भवनको शिलान्यास गरिएको छ।
सोमबार गुजरा नगरपालिका वडा नम्बर-१ मनहर्वामा नगरप्रमुख सन्तलाल चौधरी र नगर उपप्रमुख रौशन खातुनले संयुक्त रुपमा बिधालयको शिल्यानाश गरेका हुन्।
नगरपालिकाको आर्थिक सहयोगमा सो बिधालय भवनको शिलान्यास गरिएको हो।

बिधालयलाई नमुनाको रुपमा बनाउने र बिधालय क्षेत्रभरीको बालबालिकाहरुलाई राम्रो शिक्षा आर्जन गराउने उदेश्यका साथ सो विधालय भवनको शिलान्यास गरिएको नगर प्रमुख चौधरीले प्रतिबद्धता जनाए।

कार्यक्रममा नगर प्रमुख सन्तलाल प्रसाद चौधारी,नगर उपप्रमुख रौशन खातुन शेख, प्रशासककिय अधिकृत बिनोद जयासवल,युवा एवम् जुझारु नेता बसरुदिन अन्सारी,कार्यपालिका सदस्य पुनित राम,शिक्षा अधिकारी,गुजरा नगरपालिका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र बुद्धजीवीहरु लगायतको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु