Monday, October 7, 2024

महिलाहरुको आज दर खाने दिन

पछिल्लाे समाचार


रौतहट ,२३ भदौ//
हिन्दु धर्मावलम्वी महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने चलन रहेको छ।
तीजको व्रत बस्न शक्ति प्राप्तिका तीज पर्वको अघिल्लो दिन नेपाली हिन्दु महिलाहरूले दर खाने चलन चलिआएको छ।
तीजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिन्छ ।
दरखाने समय र स्थान ठाउँ अनुसार फरक-फरक हुन्छ ।
कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।
दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परा रहिआएको छ ।परापूर्वकालमा देवी पार्वती भगवान शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीजमा व्रत बस्ने गर्दछन।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु