Monday, June 24, 2024

मोटरसाइकलको कर छुट गर्न प्रदेश सांसदको पत्र

पछिल्लाे समाचार

जनकपुर १२ असोज /
प्रदेश २ का एक सांसदले स्वकीय सचिव समेत रहेका  पतिले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालयलाई निवेदन  लेखेकी छन् ।

प्रदेश सांसद प्रमिला यादवले  पति अशोक यादव चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाहा गरिदिन सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी हुन् । अशोक सासद प्रमिलाका स्वकिय सचिव हुन ।
प्रमिला नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् ।

मोटरसाइकलको २०७८ सालको कर छुट गरिदिन सांसद प्रमिलाले आफ्नै लेटरप्याडमा निवेदन लेखेकी छिन।
  अशोक यादव  सोमबार निवेदन  लिएर यातायात कार्यालय लहान पुगेका थिए ।

कार्यालय प्रमुख मीन भट्टराईले कसैको यातायातको कर छुटका लागि सरकारको मन्त्रीस्तरकै निर्णय हुनुपर्छ बताएका छन ।
  सांसदको पत्रको आधारमा  कर छुट नगरेपछि मोटरसाइकलको  करबापतको शुल्क तिरेको प्रमुख  भट्टराईले बताएछन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु