Thursday, June 13, 2024

मौलापुरका १७७ जना किशोरीहरुलाई विद्यालय पोषाकसहित शैक्षिक सामग्रीहरु वितरण

पछिल्लाे समाचार


रौतहट ,७ असोज //
युनिसेफ नेपालको सहयोगमा मौलापुर नगरपालिकाले नगरका १७७ जना किशोरीहरुलाई बुधबार विद्यालय पोषाकसहित शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।
नगरका विभिन्न स्थानमा विद्यालय बाहिर रहेको किशोरीहरुलाई शिक्षाको मुल प्रवाहमा ल्याउन घरघरमा नै पुगेर उनीहरुलाई नगरपालिकाले भर्ना गराएको नगर प्रमुख रिना कुमारी साहले जानकारी दिईन।

घरपरिवार तथा समाजका विभिन्न समस्याले विद्यालय जीवनबाट बञ्चित भएका १७७ किशोरीलाई भर्ना गराई युनिसेफ नेपालको सहयोगमा सो सामग्री वितरण गरेकोे उनीले बताइन।

किशोरीहरुलाई विद्यार्थी पोषाक ,कापी , सिसाकलम जोमेट्री बक्स ,नङ कटर ,काईयो , रुमाल , ब्याग लगायतका सामानहरु वितरण गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक चन्द्रेश्वर साहले जानकारी दिए।

कार्यक्रममा नगर प्रमुख रिना कुमारी साह ,निमित्त प्रशासकिय अधिकृत रामबाबू साह , शिक्षा संयोजक चन्द्रेश्वर साह लगायत स्थानियको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु