रौतहट,९ भदौ //
रौतहट प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ।
चन्द्रपुर गौर सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा ३०० लिटर अवैध घरेलु मदिरा बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन्।
ईलाका प्रशासन कार्यालय,गरुडा नगरपालिका ,आन्तरिक राजस्व चन्द्रपुरका प्रतिनिधि, पत्रकार तथा जनप्रतिनिधिको रोहवरमा प्रहरी कार्यालय नजिकै बरामद मदिरा नष्ट गरिएको उनले जानकारी दिएका छन्।


