Saturday, February 24, 2024

लाखौको पटकाजन्य पदार्थ चन्द्रपुरमा बरामद

[sharethis-inline-buttons]

पछिल्लाे समाचार

रौतहट १२ असार / चन्द्रपुर नपा वडा नं ४ स्थित पूर्व पश्चिम लोकमार्गमा चेकजाचको क्रममा पटकाजन्य सामाग्रि बरामद भएको छ ।
मंगलवार राति करिव साढे ८ बजे इलाका प्रहरी कार्यालय चन्द्रपुरको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ग.१ ख ६३४१ नम्बरको यात्रु बाहक बसमा सवार रहेका सर्लाही जिल्ला पर्सा गाउपालिका वडा नं. ४ घर बताउने बर्ष २५ को संजित साह पटकाजन्य पदार्थ सहित पक्राउ गरेको हो ।
एक लाख ६२ बराबरको बिष्फोटक पदार्थ पटाका सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी लिलाराज लामिछानेले बताएका छन ।
पक्राउ परेका साहलाई बिष्फोटक पदार्थ पटाका शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालत रौतहट बाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु