Wednesday, May 22, 2024

वीरगञ्ज कारागारका २४ जना कैदीको कैद मिनाहा

पछिल्लाे समाचार


पर्सा ,३ असोज //
संविधान दिवसको अवसरमा वीरगञ्ज कारागारका २४ जना कैदीको कैद मिनाहा गरिएको छ।

मन्त्री परिषद्को भदौ २९ गते बसेको बैठकको निर्णयबमोजिम राष्ट्रपति विद्या देवी भण्डारीले देशैभरका ५ सय ३१ जनाको कैद मिनाहा गरेकी हुन् ।
सोही अनुसार वीरगञ्ज कारागारबाट विभिन्न मुद्धामा सजाय भोगिरहेका २४ जनाको सजाय मिनाहा गरिएको हो।
वीरगञ्ज कारागारका अनुसार सबैभन्दा बढी कर्तव्य ज्यान मुद्धाका ७ जना, सवारी ज्यान मुद्धाका ५ जना, चोरीका ४ जना, ज्यान मार्ने उद्योगका २ जना, डाँका मुद्धाका २ जना, नकबजनी चोरीका २ जना र ज्यान तथा बहुविवाहका १÷१ जना गरी २४ जनाको कैद मिनाहा गरिएको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु