Friday, May 24, 2024

श्रोत नखुलेको अवैध रकम सहित २ जना पक्राउ

पछिल्लाे समाचार


रौतहट,१० असोज //
रौतहटबाट श्रोत नखुलेको अवैध रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ३ का निरज कुमार साह र रामचन्द्र राउत रहेका छन्।

प्रहरी चौकी औरैयाबाट खटेको टोलीलले गएराति नेपालबाट भारत तर्फ जाँदै गर्दा बिआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको रौतहट प्रहरीले जनाएको छ।

बरामद नगद सहित दुवैजनालाई आवश्यक कार्यवाहीका लागी भंसार कार्यालय पठाइएको रौतहटका प्रहरी प्रमुख बिनोद घिमिरेले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु