Sunday, May 26, 2024
No menu items!

संविधान दिवस तीन दिन मनाइदै

पछिल्लाे समाचार

रौतहट २ असाेज/ संविधान दिवस ३ दिन मनाउने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले सुचना जारी गर्दै असोज २ , ३ र ४ गते तीन दिन संविधान दिवस हर्षोउल्लासका साथ मनाउन अपिल गरेको छ ।
रौतहटका सरकारी , सार्वजनिक कार्यालय र सामुदायिक संघसंस्थाहरुले राष्ट्रिय झन्डा एवम ब्यानर सजाएर कार्यालय सरसफाई गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ ।
त्यसैगरि यस बर्ष संविधान दिवसको अवसरमा धार्मिक तथा पर्यटकिय स्थलहरुमा सरसफाई सहित सौन्दर्यकरण गर्नुका साथै सरकारी तथा सार्वजनिक स्थल , आम नागरिकहरुले घरघरमा साझ दिपावली गर्न समेत जिल्ला प्रशासन कार्यालय रौतहटले अपिल गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु