Wednesday, May 22, 2024

सप्तरीको एक नगरपालिकाले पत्रकारलाई ल्यापटप वितरण गरेको खुलासा

पछिल्लाे समाचार


सप्तरी,२९ भदौ //
सप्तरीको कञ्चनरुप नगरपालिकाले पत्रकारलाई ल्यापटप वितरण गरेको पाइएको छ ।
महालेखापरीक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा नगरपालिकाले चारवटा ल्यापटप चारजना पत्रकारलाई वितरण गरेको रहस्य खुलेको हो ।
नगरपालिका कार्यालयले आर्थिक वर्ष २०७६।०७७ मा जानकी ट्रेडर्सबाट चार थान एच.पी. कम्पनीको ल्यापटप २ लाख ४३ हजार ८ सयमा खरिद गरि वितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।
वितरण गरेको ल्यापटप पालिकाको सम्पति रहेकाले बाहिर उपयोग गर्न नमिल्ने भन्दै महालेखापरीक्षकले चारै ल्यापटप फिर्ता लिन भनेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु