Monday, April 21, 2025

सप्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु

पछिल्लाे समाचार


सप्तरी,१६ भदौ //
सप्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरका पवन यादवको ९ वर्षीय छोरा अर्जुनकुमार यादव रहेका छन्।

मंगलबार साँझ गोठमा खेल्ने क्रममा लत्रेको विद्युतीय नांगो तारमा करेन्ट लागेर बालक गम्भीर घाइते भएका थिए।

घाइते बालकलाई उपचारको लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृतक बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको र घटना थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ l

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु