Friday, July 19, 2024

सर्पले डँस्दा दिदीभाइको मृत्यु

पछिल्लाे समाचार


सप्तरी,६ असोज //
सप्तरीमा विषालु सर्पले डँस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिकामा वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डल रहेका छन्।
गएराती उनीहरुलाई सुतेकै ठाउमा सर्पले डसेको बताइएको छ ।
उपचारको लागि सुनितालाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
यस्तै भाइ कृष्णको राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु