सर्लाही ,५ असोज //
सर्लाहीको एक विद्यालयका ३१ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
सोमवार सर्लाहीको कौडेना गाउँपालिका–६, ईनर्बा सक्रौलमा रहेको जनता माध्यमिक विद्यालयका ३१ जना छात्रालाई साइकल वितरण गरिएको हो।
प्रदेश २ सरकारको “बेटी पढाउ, बेटी बचाउ”अभियान अन्तर्गत सो विद्यालयका कक्षा ८ को अध्ययन पूरा गरी भर्खरै कक्षा ९ मा प्रवेश गरेका ३१ जना छात्राहरुलाई लाई १-१ थान साइकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक श्रीनारायण महतोले बताएका छन्।
साइकल वितरण कार्यक्रमममा कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय यादव, शिक्षा विकास तथा समन्वय ईकाई मलंगवाका प्रमुख रामाधार कुशवाहा, विद्यालयका प्रधानाध्यापक श्रीनारायण महतो लगायतको उपस्थिति रहेको थियो।