Wednesday, May 22, 2024

सर्लाहीबाट अवैध काठसहित दुई जना पक्राउ

पछिल्लाे समाचार


सर्लाही,७ असोज //
सर्लाहीको हरिपुर नगरपालिका–१, जानकिनगरबाट गएराती अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ट्याक्टरधनी हरिपुर नगरपालिका–१, जानकिनगरकै ५० वर्षीय जयदेव महतो र सोही ठाउँका ४० वर्षीय लालबहादुर लोप्चन रहेका छन्।
विशेष सुचनाको आधारमा मूर्तियास्थित ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले भित्री सडकबाट ना १ त ७८०२ नम्वरको ट्याक्टरमा राखेर तस्करी हुँदै गर्दा सालको ५५ क्यूफिट बराबरको ११ थान गोलिया बरामद भएको सर्लाही प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्ति, बरामद काठ र ट्याक्टर आवश्यक कार्यवाहीको लागि बिहिवार बिहान सवडिभिजन वन कार्यालय जानकिनगरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु