Thursday, September 12, 2024

सिडिओ यादव को कार्य सम्पादन उत्तम

पछिल्लाे समाचार

रौतहट २३ भदौ / प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी पाएको एक बर्षमा जिल्लालाइ उत्कृष्ट बनाउन इन्द्रदेव यादव सफल भएका छन ।
एकबर्ष अघि रौतहटको सिडिओको जिम्मेवारी पाएका यादवको कार्य सम्पादनले उत्कृष्ट देखाएको हो ।
बिस २०२४ साल देखी जिल्लामा ५४ जना सिडिओले जिम्मेवारी पाएको अभिलेख छ ।
तर, कार्य सम्पादन मुल्याकन मा निकै पछाडी रहेको जिल्ला उत्कृष्ट भएको छ ।
कार्यसम्पादन मुल्याकन सुचिमा रौतहट ६० औ स्थानको हाराहारीमा हुने जिल्ला पर्दै आएकोमा यस बर्ष उत्तम श्रेणीमा रहेको छ ।
अपराध, सिमानामा हुने बिभिन्न बिवाद, तस्करी,बाढी डुवान जस्ता बिपद जोखिम नियन्त्रण , शुसासन , सार्वजनिक सेवा प्रवाह जस्ता बिषयमा प्रभावकारी रुपमा काम गरेको आधारमा मुल्याकंन गरिएको हो । आर्थिक बर्ष २०७७/ ०७८ मा १९ औ स्थानमा आइपुगेको छ । यो स्थान मन्त्रालयको उत्तम श्रेणीमा पर्दछ ।
देशभरका ७७ जिल्ला मध्य १९ औ र प्रदेश २ का आठ जिल्ला मध्य प्रथम स्थानमा मुल्याकन भएको सिडिओ इन्द्रदेव यादवले जानकारी दिए ।
जिल्लाबासीको सहयोग र समन्वय तथा आफुले इमान्दारीताका साथ प्रशासकिय भुमिका निर्वाह गरेकाले सफलता मिलेको सिडिओ इन्द्रदेव यादवले बताएका छन ।

मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना २०७४ अनुसार ६ वटा बिषयगत क्षेत्रमा मापदण्ड बनाएको छ । जसमध्य शान्ति सुरक्षा, अपराध नियन्त्रण, शुसासन र सेवाप्रवाह, लागुऔषध नियन्त्रण , बिपद जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्य को मुल्याकनगरी श्रेणी तय गर्ने गरीएको छ ।
सिडियो यादव रौतहट आएपछि कोभिड १९ नियन्त्रणका लागी देवाहीगोनाही नपाको धरहरीमा ३ सय शैयाको आइसोलेसन निमार्णमा महत्वपुर्ण भुमिका निभाए ।
जिल्ला अस्पताल गौरमा पिसिआर परिक्षण हुने व्यवस्था का लागी पालिकाहरु संग समन्वय गरी ल्याव संचालन, बर्षौ देखी भुक्तानी नपाएका उखु किसानलाइ श्रीराम सुगर मिलसंग सहजीकरण गरी ४० करोड,४९ लाख २५ हजार मध्ये ३७ करोड ३७ लाख १९ हजार भुक्तानी गर्न जिल्ला प्रशासनले सहजीकरण गरेका थिए ।
अतिक्रमणमा परेको फतुवाबिजयपुर नपामा रहेको विपद व्यवस्थापन समितीको नामको जमिन नापजाच गरी व्यवस्थित गरेको , बिपद व्यवस्थापनका लागी २७ लाखको ठेन्डर प्रकृया बाट सामाग्री खरीद गरेको , बाढी आउनु अघि तथा आएको समयमा नदी नियन्त्रणका लागी तत्काल सुरक्षाकर्मीहरु परिचालन गरेको कार्यहरु मुल्याकनमा परेका छन ।
अनुदानमा आएको किसानले पाउने मलखाद बिक्री बितरणमा किसानको पहुचका लागी समन्वय गरेको , बिभिन्न सरकारी कार्यालय परिसर तथा बनक्षेत्रको खाली जमिनमा डिभिजन बन कार्यालय, स्थानिय तहको समन्वयमा १० हेक्टर भन्दा बढी जमिनमा १२ हजारभन्दा बढी बिरुवा रोप्ने कार्य सम्पन्न गराएको , राजपुर र इशनाथ नपामा चाडपर्वको समयमा हुने गरेको तथा हुनसक्ने धार्मीक तथा समुदाय बिचको द्वन्द्वलाइ समाधान गर्न जिल्ला स्तरीय धार्मिक सद्भाव समिती गठन गरी परिचालन गर्ने कार्यले सिडिओ यादवको जनस्तर बाटै प्रशासा भएको थियो ।
बिस २०७४ सालमा आएको बाढीले लालबकैया नदीको टिकुलिया स्थित पुर्वीबांध दशगजा नजिकै भत्काएको र नेपालका बस्ति डुवानमा पर्दै आएकोमा भारतिय संगको समन्वयमा बांध निमार्ण सम्पन्न भएको थियो ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानियतह बाट प्रवाह हुने सेवाको बिषयमा नागरीक शिक्षा तथा संम्वाद कार्यक्रमहरुको आयोजना गर्न उनले भुमिका खेलेका थिए ।
बिभिन्न घटना पछि स्थानियले गरेका सडक आन्दोलनहरु लाइ सहजरुपमा व्यवस्थापन तथा भुमाफियाहरुले आफ्नो नाममा दर्ता गराएको गुजरा नपामा रहेको बनक्षेत्रको एकसय २२ बिगाह जमिन सरकारको नाममा फिर्ता गराएपछि सिडिओ यादव थप चर्चामा आएका थिए ।
भारत स्थित सितामणीका समकक्षीहरु संग नेपाल भारतका प्रतिनिधीहरु सहभागी भइ सिमापार हुने समसामयिक मुद्धाहरु, कोभिड १९ नियन्त्रण, बाढी व्यवस्थापन , सिमा सुरक्षाका समस्याहरुको बिषयमा छलफल गरी लिखितरुप मै समाधान खोज्ने प्रयास समेत गरेका छन ।
प्रशासन कार्यालयले सेवाग्रहीको सहजताको लागी सोधपुछ कक्ष, आपतकालिन कार्य संचालन केन्द्रमा रहेको सामाग्री व्यवस्थापन गर्न कोठा निर्माण , शुद्ध खानेपानी का लागी तलामा फिल्टर जडान , सेवाग्राहीहरुको लागी टहरा निर्माण शौचालय निमार्ण , हातधुन धारा र खानेपानी ट्यांकी, सवारी पार्किङ, सुरक्षा पोष्ट, स्तनपानकक्ष समेत सिडिओ यादवको पहलमा निमार्ण भएको छ ।
मन्त्रालयको कार्यसम्पादन मुल्याकनमा झापा, ललितपुर, रुकुम लगाएत ६ वटा जिल्ला अति उत्कृष्ट, ११ वटा उत्कृष्ट, १८ वटा उत्तम , २१ वटा मध्यम र २१ वटा न्यून कार्य सम्पादन गर्ने जिल्लाको श्रेणीमा राखेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु