सिरहा,३० भदौ //
सिरहाको लहानमा एक युवती आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी छिन्।
उदयपुरको चौदण्डीगढी नगरपालिका १० खैराकी २१ वर्षीया करिश्मा चौधरी आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। करिश्मा डेरा गरि बस्दै आएकी थिइन्।
दिउँसोदेखि साँझसम्म कोठाबाट बाहिर ननिस्किएपछि घरबेटीले कोठा खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेकी इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
करिश्मा लहानस्थित एक कपडा पसलमा काम गर्दै आएकी थिइन् ।
मृत अवस्थामा फेला परेकी करिश्माको कोठाबाहिरबाट चुकुल लगाइएको र मृतकको घाँटीमा डोरीले बाँधेको डाम, रगत र टाउकोमा चोट देखिएपछि, घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा एक जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
हत्या वा आत्महत्या हो, भन्ने पोष्टमार्टम रिपोर्ट आएपछि नै थाहा हुने जिल्ला प्रहरी कार्यालय सिरहाले
जानकारी दिएको छ।
समन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।