Thursday, June 13, 2024

२३ वर्षअघि लालपुर्जा, मोठ कायम हुन सकेन !

पछिल्लाे समाचार

रौतहट १४ असोज । जिल्लामा २३ वर्षअघि लालपुर्जा पाएपनि भुमिहिन किसानले पाएको जमिनको मोठ कायम हुन सकेको छैन ।
सयौ भुमीहिन हरु मोठ कायम नभएको लालपुर्जा बोकेर बिभिन्न निकाय धाइरहेका छन ।
सुकुम्बासी समस्या समाधान आयोगका तत्कालीन अध्यक्ष गम्भीराप्रसाद निरालाको पालामा करिव दुइ हजार ७ सय लालपुर्जा वितरण गरिएको थियो ।
२०५५ मसिर ३ गते जिल्लाका सुकुम्बासीलाइ पुर्जा बितरण गरीएको थियो । मोठ कायम गर्ने प्रक्रिया अन्तिम चरणमा पुग्नै लाग्दा संसदीय निर्वाचन घोषणा भएको थियो ।

सरकार परिर्वतन सगै सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरू फेरीए तर मोठ कायम गर्ने काम अघि बढेन ।
मोठ कायमका लागी धेरै पटक धाउदा काम नभएको पिडितहरुको गुनासो छ । न तिरो तिर्न पाएका छौं, न बेचबिखन , बैंकमा राखेर ऋण खान समेत नपाएको पुर्जा देखाउदै सुकुम्वासीहरु गुनासो गर्दछन ।
पछिल्लो समय १८ वटै तहमा सुकुम्बासी र भूमिहीनको लगत संकलन शूरु गरीएको थियो तर अहिले सो काम सरकार परिवर्तन भएपछि रोकिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु