Friday, June 21, 2024

२ लाख बराबरको अवैध सामग्री बरामद

पछिल्लाे समाचार


सर्लाही ,२३ भदौ //
सर्लाही प्रहरीले भन्सार छली ल्याइएका विभिन्न सामाग्री बरामद गरेको छ ।
साईकल तथा मोटरसाईकल मार्फत जिल्लाका विभिन्न नाकाहुँदै भारतीय बजारहरुबाट ल्याइएका अवैध उपभोग्य सामान बरामद गरेको हो ।
चिनीसहित, विभिन्न किसिमका किराना तथा कस्मेटिक सामान समेत गरी २ लाख एक हजार ८ सय मूल्य बराबरको भन्सार छलेर ल्याइएका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बरामद सामान आवश्यक कार्यवाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको सर्लाही प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु