Thursday, September 12, 2024

अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग क्षतविक्षत

पछिल्लाे समाचार


सर्लाही ,१९ असोज //
तीन दिन देखि परेको अविरल वर्षाका कारण सर्लाही स्थित पूर्व–पश्चिम राजमार्ग थप क्षतविक्षत बनेको छ।

अघि देखि नै भत्केर जीर्ण बनेका राजमार्ग र पुलहरुमा थप ठूल्ठूला खाडल परेकाले सवारी आवागमन समस्या भएको छ।
रातको समयमा त गाडी चलाउनै नसक्ने अवस्था रहेको चालकहरुले गुनासो छ।
खाल्डाखुल्डी छल्न खोज्दा सवारी अनियन्त्रित भई पल्टिने र अर्को सवारीसँग ठोक्किने जोखिम पनि उत्तिकै रहेको चालकहरु बताउँछन् ।
खाल्डाखुल्डीका कारण सवारी साधन धेरै नै बिग्रन थालेका यातायात व्यवसायीले गुनासो गरेका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमतीदेखि बाँकेसम्मकै सडक जिर्ण छ।
खाडलका कारण सवारी साधन ढल्कने र विपरित दिशाबाट क्रस हुने सवारीसाधनबीच एक आपसमा ठक्कर लाग्ने भएपछि पूलमा एकतर्फी मात्र सवारी साधनहरु चल्ने गरेका छन् ।
तीन दिनको वर्षापछि सर्लाहीको पूर्व–पश्चिम हुलाकी राजमार्ग समेत अत्यन्त जिर्ण बनेको ।
नेपालीहरुको महान चाड विजयादशमी नजिकिएसँगै पूर्व–पश्चिम सहित राजमार्गहरुमा सवारी साधनको चाप अत्यन्त बढेको छ ।
यता डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले पानी पर्न नरोकिएकाले सडक र पुलहरुको मर्मत गर्न नपाइएको जनाएको छ ।
वर्षा रोकिने बितिकै राजमार्गमा स्तरोन्नतीको काम सुरु गरिने कार्यालयका प्रमुख नरेश प्रसाद केशरीले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु