Saturday, January 18, 2025

अवैध लागुऔषध नाइट्रोभेटसहित तीनजना पक्राउ

पछिल्लाे समाचार


सिरहा,२५ असोज //

अवैध लागुऔषध नाइट्रोभेटसहित सिरहाबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका २१ लकडीगोठ बस्ने १९ वर्षीय विमलेश कर्ण, सोही ठाउँका २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका ९ बस्ने १९ वर्षीय निकित कुमार रहेका छन् ।

सिरहा नगरपालिका-१५ बुधौरा दशगजास्थितमा प्रहरी चौकी खिरौना सिरहा र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा बीआर ३२ एजी ५५११ नम्बरको मोटरसाइकललाई जाँच गर्दा अवैध लागुऔषध नाइट्रोभेट १० पत्ता (३०० ट्याव्लेट) फेला परेको प्रहरीले जनाएको छ ।

तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु