Monday, June 24, 2024

करेन्ट लागेर एकै परिवारका चाँर जना गम्भीर घाइते

पछिल्लाे समाचार


सप्तरी ,४ कार्तिक //
सप्तरीमा करेन्ट लागेर एकै परिवारका चाँर जना गम्भीर घाइते भएका छन् ।

राजविराज नगरपालिका वडा नम्बर ६ निवासी ४० वर्षीय शिव नारायण साहलाई आज बिहान करेन्ट लाग्दाँ छुटाउन गएकी उनकी ३५ वर्षीया पत्नी संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साह गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
साहको घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको र होडिङ बोर्ड हटाउने क्रममा उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भर्ना गरिएको सप्तरी प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु