रौतहट १५ असोज /चन्द्रपुर ८ बेतौनामा करेन्ट लागेर दइजना बालक घाइते भएका छन ।
बेतौनाका बर्ष १० को अर्जुन पासवान र बर्ष ८ को शिवम पासवान घाइते भएका छन।
चन्द्रपुर ८ स्थित बिहान १० बजे तिर रेल्वे लिकमा रहेको ठेकेदारको क्याम्प नजिकै ती वालकहरु लाई खेल्ने क्रममा करेन्ट लागेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
घाइते दुवै लाई चन्द्रपुरमा प्राथमिक उपचार पछि थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।