Saturday, January 18, 2025

काठमाण्डौमा पाकेटमारहरुको भाषा पैसा लाई “द” मोवाइललाइ “कान”

पछिल्लाे समाचार

काठमाडौ १९ असोज /प्रहरी ले विशेष अभियान संचालन गरि पाकेटमारी गर्ने र चोरी गरेको आरोपमा २ सय ७ जना व्यक्तिलाइ पक्राउ गरि सार्बजनिक गरेको छ ।
उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटी रहित, भरपर्दो, विश्वसनिय र मजबुत बनाई जनजिवन सामान्य तुल्याउन र देश विदेशबाट चाँडपर्व मनाउन घर फर्कनेहरुको सवारी साधनमा पाकेटमारी हुन सक्ने वा किनमेल गर्न जाँदा पाकेटमारी हुन सक्ने भएकोले सुरक्षाको प्रत्याभुति दिलाउन काठमाडौको रिङरोड वाहिर र भित्रि ईलाकामा चल्ने सार्बजनिक यातायातहरु सपिङ्ग महल , मुख्य मुख्य मार्केटहरुमा पाकेटमारी हुन नदिन भदौ २५ देखि असोज १५ गते सम्म यातायात व्यवसायीहरुसंग सहकार्य गरि सादा पोसाकका प्रहरी हरुलाई खटाएर यात्रुहरु तथा किनमेल गर्न गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दाचोर्दे रङ्गेहात तथा पटके पाकेटमारहरु पक्राउ गरेको छ ।
सार्वजानिक बसहरुमा विभिन्न बस बिसौनीहरुवाट २/२ जनाको दरले ६ जना सम्मको समुह वनाई वस चढ्ने भित्र र पैसा भएको यात्रु पत्ता लगाई अगाडी पछाडीवाट घेरावन्दीमा पारि ठेलमठेल गरेर चोरी गरि भाग्ने गरेको प्रहरीले जनाएको छ ।
पकेटमारी गर्दा उनीहरुले एकअर्कामा सांकेतिक भाषा प्रयोग गर्ने गरेको समेत प्रहरीले पत्ता लगाएको छ । उनिहरुको भाषा यस्तो रहेको छ ।
पैसा – द ,
मोवाईल – कान,
पकेटमारी पिडित – रामे,
पकेटमारी गर्ने (मास्टर) – काशी,
पैसा धेरै छ – टानको द
पैसा थोरै छ- जुटको द ,
गाडी -कांचा,
केटा – छापा,
केटी -भद्रि
पुलिस आयो -ठुल्दाई आयो ,
ड्राईभर – माम,
खलासी- मले
गाडीवाट झरेर भाग- टप्की
गाडी भित्र अगाडी सर – अकल जा
गाडी भित्र पछाडी सर – चिछल जा
पाकेटमारहरुले यस्ता भाषा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।
फोटो : पाकेटमारको आरोपमा पक्राउ परेकाहरु ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु