Sunday, May 26, 2024

क्षेत्रीय अध्यक्षसहित ले त्याग्यो जसपा

पछिल्लाे समाचार


रौतहट ,६ कत्तिक //
रौतहटस्थित क्षेत्र नम्वर ३ का जनता समाजवादी पार्टीका नगर तथा क्षेत्रीय अध्यक्षसहित ले पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् ।
रौतहट क्षेत्र नम्वर ३ का पार्टी अध्यक्ष रामाकान्त चौरसिया, कटहरिया नगर अध्यक्ष दुर्गा साह रौनियारसहित नेता कार्यकर्ता ले काठमाडौँस्थित माओवादी अध्यक्ष प्रचण्ड निवासमा पुगेर माओवादीमा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई अध्यक्ष प्रचण्डले टीका र माला लगाएर पार्टी प्रवेश गराई स्वागत गरेका थिए ।

जसपाले मधेसको विकास र मधेसीको सम्मान तथा पहिचान कायम गराउन नसक्ने भन्दै जसपाका वडा उम्मेदवार शंकर साह सोनार, भिखारी साह, फेंकु यादव, मजरुलहक लगायतका नेताहरू पनि माओवादीमा प्रवेश गरेको माओवादीका स्थानीय नेता नसरूदिन अन्सारीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु