Wednesday, May 22, 2024

गुजरा नगरपालिकाको ७ वटा वडाको वडा अधिवेशन सम्पन्न

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट ७ कार्तिक । नेकपा एमालेको गुजरा नगरपालिकाको ७ वटा वडाको वडा अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले गुजरा नगरपालिकाको ७ वटा वडाहरुमा ५१ सदस्यिय वडा कमिटि निर्वाचित गरेको छ ।
वडा नम्बर १ मा रामकृष्ण कटुवाल अध्यक्ष चयन भएका छन् भने वडा न २ मा पुरुषोतम काफ्ले,३ मा इश्वर प्रधान तुला अध्यक्षमा चयन भएको नेकपा एमालेका प्रदेश कमिटि सदस्य हरिबंश मैनालीले जानकारी दिएका छन् । त्यसैगरी वडा नम्बर ४ को अध्यक्षमा निरन्जन पुरी , ५ को अध्यक्षमा आस महम्मद मन्सुरी,६ मा नन्दु चौधरी तथा ७ को अध्यक्षमा शेख कदिर चुनिएका छन् ।
शनिवार नेकपा एमालेको जिल्ला अध्यक्ष तुलसीराज गिरीको प्रमुख अतिथ्यतामा सो अधिवेसन सम्पन्न भएको हो।
सातौँ वडामा सर्वसहमतिबाट पदाधिकारी र सदस्यहरु निर्वाचित भएको र बाँकी रहेको ८ र ९ वडामा पनि केही दिनभित्र वडा कमिटि गठन गरिने अध्यक्ष गिरीले बताएका छन । अधिवेशनमा निवार्चितलाई नेकपा एमालेका गुजरा कार्यालय संयोजक समेत रहेका हरिबंश मैनालीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । अधिबेशनबाट निर्वाचित सम्पूर्णलाई बधाई दिदै सम्पूर्ण वडा टिमलाई जनता संग सुमधुर सम्बन्ध राखेर काम-कारवाहीलाई आगामी निर्वाचित लक्षित गर्दै अगाडी बढ्न मैनालीले निर्देशन दिएका छन ।
कार्यक्रममा नेकपा एमालेका क्षेत्रीय अध्यक्ष इन्द्रिस सिद्दिकी ,नगर अध्यक्ष पदम कुमार श्रेष्ठ ,नगर सचिव सेख जज्लुमी तथा माधव गौतम ,गणेश गिरी ,छविलाल चौलागाईं ,विगन देवान , विष्णु कोईराला लगाएतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु