Thursday, June 13, 2024

गुजरा नगरपालिका द्वारा ४५ जना जेष्ठ नागरिक लाई सम्मान

पछिल्लाे समाचार


रौतहट ,१६ असोज //
३१औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस को अवसरमा शुक्रबार गुजरा नगरपालिका द्वारा ४५ जना जेष्ठ नागरिक लाई सम्मान गरिएको छ ।
गुजरा नगरपालिका का मेयर सन्तलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत बिनोद जयसवालले संयुक्तरूपमा ९० बर्ष माथि का ४५ जना जेष्ठ नागरिकलाइ दोशाला ओढाई सम्मान गरेका हुन्।

उक्त अवसरमा मेयर चौधरीले जहाँ जेष्ठ नागरिकको सम्मान हुन्छ त्यहाँ मात्र शान्ति हुने भएको बिचार राख्दै आउँदा दिनमा दलित,गरिब,तथा जेष्ठ नागरिक लाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

सोहि अवसरमा उपमेयर रौषन सेख,वडा अध्यक्षहरु तथा नगरपालिकाका कर्मचारीहरुले समेत जेष्ठ नागरिक तथा वृद्ध बृद्वालाई दोसाला ओढाएर सम्मान गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु