रौतहट १८ असोज ।
चन्द्रपुर नपा ३ मा बाटो स्तरोन्नतीगर्ने कामको उपभोक्ता समिती गठनमा नै विवाद झिकीएको छ ।
एउटा योजनामा दुइ वटा समिती गठन भएको छ । समिती धेरै भएपछि सघन सहरी तथा भवन निमार्ण कार्यालयले सम्झौता गरेको छैन ।
रौतहटको चन्द्रपुर ३ समिको बोट देखी पुरानोटोल हुदै अरुणबस्ति धन्सार खोला सम्मको सडक स्तरोन्नती का लागी सघन शहरी तथा भवन निमार्ण आयोजना बाट ६७ लाख ५० हजार बजेट स्विकृत भएको छ ।
गएको साउन २६ गते सघन सहरी तथा भवन निमार्ण आयोजना बिरगजले चन्द्रपुर नपा लाइ खरीद सम्वन्धमा पत्र पठायो ।
सो पत्रमा चन्द्रपुर नपा ३ स्थित समिको बोट देखी पुरानोटोल हुदै अरुणबस्ति धन्सार खोला सम्मको सडक स्तरोन्नतीका लागी प्रकृया अगाडी बढाउन चन्द्रपुर नपालाइ पत्राचार गरेको थियो । नगरपालिकाले सो पत्र साउन २८ गते दर्ता गर्यो ।
असोज ६ गते चन्द्रपुर नपाले सात दिन भित्र उक्क्त योजना संचालनका लागी नियमअनुसार समिती गठन गरी पठाउन वडा नम्वर ३ कार्यालयलाइ लाइ पत्राचार गर्यो ।
असोज ८ गते वडा अध्यक्ष बोधनाथ देवकोटा र सचिव ज्ञान प्रसाद चौलागाइको उपस्थितीमा करीव ६० जना वडाबासी सहभागी भइ समिती गठन समेत भयो ।
भेलाले बिर बहादुर स्याङतान अध्यक्ष, आइते सिंह जिम्वा उपाध्यक्ष , ला दोर्जे मोक्तान सचिव, सरस्वती माया गोले कोषध्यक्ष र लिलामाया लामा ,लालमाया योन्जन,जगत वहादुर वाइवा सदस्य रहनेगरी ७ सदसिय उपभोक्ता समिती गठन गर्यो । सो को जनाकारी वडा कार्यालयले नगरपालिकालाइ असोज १० गते दियो ।
असोज ११ गते सघन सहरी तथा भवन निर्माण आयोजना लाइ चन्द्रपुर नपाले उपभोक्ता समिती गठन गरी आवश्यक प्रकृया अगाडी बढाइ योजना संचालन मा सहयोग गर्न अनुरोध गरेको थियो । तर आयोजना ले समिती संग सम्झौता गर्न आलटाल गरेको छ । आयोजनाले धेरै वटा समिती गठन भइ सम्झौताका लागी दवाव आएकाले काम शुरु गर्न सम्झौतागर्न नसकेको जनाएको छ ।
वडा नम्वर ३ का अध्यक्ष बोधनाथ देवकोटाले सवै प्रकृया पुरा गरेर समिती गठन गरी सम्झौताका लागी पठाउदा आयोजनाको कार्यालय बिरगजले सम्झौता नगरेको कलमपाटीलाइ बताए ।
के कारण ले सम्झौता नभएको हो आफुलाइ थाहा नभएको उनको भनाइ छ ।
सघन सहरी तथा भवन निमार्ण डिभिजन आयोजनाले एउटै योजनामा दुइवटा समिती गठन भइ आएकाले विवाद हुन सक्ने भएकाले दर्ता नगरी राखेको र केही दिन बुझेर मात्रै सम्झौता गर्ने जनाएको छ ।
योजना ल्याउने म काम गर्ने अर्को भन्दै केही व्यक्तिले आफ्नो पक्षको समिती संग सम्झौता गर्न आयोजनालाइ दवाव दिइरहेको समेत बताइएको छ ।
सो बाटोमा केही महिना अघि प्रदेश सांसद धनलाल ठोकरले करीव १३ लाख बराबरको ग्रेभल गर्ने योजना छनौट गरेका थिए ।