रौतहट १८ असोज । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ को मुख्य चोक क्षेत्र हिल्लाम्मे छ , पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको मुख्य चोकमा एक झर पानीपर्दा बाढी आउँछ । चोक आसपासका शाखा बाटोहरु मा ठूला-ठूला खाल्डाहरु भएकोले स्थानियलाइ आवतजावतमा समस्या छ ।
सवारी साधन घरमै थन्काएर पैदलनै आफ्नो काममा जनाुपर्ने बाध्यता छ । पानी परेको केहिदिन सम्म जुता लगाएर हिड्न मिल्दैन । चोक देखि देउराली चोक सम्म नाला बनाउन खनेको खाडलले व्यापारी , किनमेल गर्न आउनेहरु पिडित छन । मुख्य चोकमा नाला बनाउन खनेको खाल्टो र हिलो भएका कारण चोक नै कुरुप देखिदै आएको छ । पैदल बिधालय जाने बालबालिकाहरु पानी जमेको र हिलो भएका कारण जोखिममा छन । बाटो मर्मतको लागी धेरै पटक स्थानीयले नगरपालिका, वडा कार्यालय धाए पनि जनप्रतिनिधि बाट झुठो आश्वसनबाहेक अरु नपाएको गुनासो छ ।
चुनाव ताका स्मार्ट सिटीको नारा घन्काउँदै भोट मागेका जनप्रतिनिधिहरुले चुनाव जितेको ४ वर्ष बढी समय बितिसक्दा मुख्य बजार क्षेत्र मा सामान्य ग्रेभल समेत गर्न सकेका छैनन । बालबालिकाहरु विद्यालय जाँदा आउँदा पानी परिहाले हिलाम्ये बाटो मा गाडिदै हिड्न बाध्य छन । चन्द्रपुर ४ का जनप्रतिनिधिहरु नागरिकको गुनासो प्रति संवेदनशील नभएको स्थानी दुर्गा सिवाकोटी को भनाइ छ ।
चन्द्रनिगाहपुर मेनचोकको चण्डिका आयल स्टोर्स पछाडि रहेको टोल यस्तै पुल्चोक बाट मालपोत कार्यालय जाने बाटो हिलाम्मे छ । यस्तै मुख्यचोक आसपासको टोलमा जाने बाटोमा पानी जमेका छन ।
चोक आसपासको हिलाम्मे फोटोहरु सामाजिक संजालमा , पोष्ट गर्दै व्यापारीहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै आएका छन ।
बाटो मर्मत का लागि चन्द्रपुर नगरपालिका संग समन्वय गर्दै आएको वडा नम्बर ४ का वडा अध्यक्ष अमर आलेले बताएका छन । बर्सेनि लाखौ रकम बाटो मर्मतको नाममा खर्च हुने गरेको भएपनि वडाका धेरैवटा टोलबासी बर्खाको वेला पिडित बन्दै आएका छन ।