Thursday, September 12, 2024

गौर तथा बैरगनिया बजारमा किनमेलका लागि चहलपहल

पछिल्लाे समाचार

रौतहट २२ असोज // गौर–बैरगनिया बोर्डर खुल्ला भएपछि चहलपहल बढेको छ ।
रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवतजावतमा सहजता आएको छ ।
कोरोना को जोखिमले गर्दा २०७६ को चैत ११ गते देखि सिमा बन्द गरिएको थियो ।
सीमा नाका संचालनमा आएपछि सो भेगका दुवै देशका नागरिकलाई सीमावर्ती बजारहरुमा किनमेल गर्न र आवतजावत गर्न सजिलो भएको छ ।
गौर बजार तथा भारतको बैरगनिया बजारमा किनमेलका लागि मानिसको घुइचो लाग्न थालेको छ ।
स्थानीयबासीको माग अनुसार बुधबार दिउँसोदेखि निजी तथा भाडाका सबारी साधन चलेपछि आवतजावतमा सहज भएको हो ।
भारतिय नम्वरका गाडीको गौरमा भन्सार काट्न थालिएको र तीन दिनभित्रको पिसिआर रिपोर्ट निगेटिभ हुनुका साथै खोपको मात्रा पूरा गरेको प्रमाण पेस गरेमा सजिलै प्रवेश अनुमति दिन थालिएको स्थानिय प्रशासनले जनाएको छ ।

गौर नाका बाट आवागमन सहज भएपछि दुवैतिरका ब्यापारी र सर्वसाधारण खुसी भएको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताएका छन्।

नाका खुलेपछि व्यापारीहरु खुशि भएका छन । चाडपर्वको बेला नाका खुलेपछि राहत महसुस गरेको स्थानियले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु