Thursday, June 13, 2024

चन्द्रपुर चोकमा सडक नै ढाकेर राखेका पसल हटाइयो

पछिल्लाे समाचार

रौतहट १ कार्तिक /चन्द्रपुर को मुख्यचोक वरपर राजमार्ग अतिक्रमण गरेर राखिएका ठेलाको व्यापार सोमवार हटाइएको छ ।
चोक वरपार फुटपाथ नै छेकेर सडक सम्म राखेका फलफुल लगाएतका पसलहरु हटाइएको हो ।
पटक पटक हटाउन सुचना गरेपनि व्यापारीहरुले अटेर गरेर राखेकाले हटाएको वडा अध्यक्ष अमर बहादुर आले ले बताएका छन ।
ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी , नगरपालिका को समन्वयमा ठेला पसलहरु हटाएको हो । चोक तथा बजार क्षेत्रमा राजमार्गमा राखिएका ५ दर्जन ठेला र पसलहरु हटाइएको छ ।
चन्द्रपुरका चोक वरपर फुटपाथ तथा सडकमा व्यापार गर्न दिए बापत घरवालाहरु ले ठेलावाला हरु संग भाडा लिने गरेका छन ।
दुर्घटनाको जोखिम बढेकाे हुदा राजमार्ग मै पसल राख्ने हरु लाई हटाएको जिल्ला ट्राफिक कार्यालय रौतहटका प्रमुख ज्ञान बहादुर माझिले बताएका छन ।
ठेला व्यपारीहरुले भने नगरपालिकाले फलफुल, तरकारी बिक्रि गर्ने उचित ठाँउको व्यवस्था गरीदिनुपर्ने माग राख्दै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु