Monday, October 7, 2024

चन्द्रपुर नगरपालिकाको ८ वटा वडाको वडा अधिवेशन सम्पन्न ,को-को बने एमालेको वडा पदाधिकारी

पछिल्लाे समाचार

रौतहट ,७ कत्तिक //
नेकपा एमालेको चन्द्रपुर नगरपालिकाको ८ वटा वडाको वडा अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले चन्द्रपुर नगरपालिकाको ८ वटा वडाहरुमा ३१ सदस्यिय वाड कमिटि निर्वाचित गरेको छ ।

वडा नम्बर १ मा सन्दिप कुमार श्रेष्ठको अध्यक्ष चयन भएका छन् भने उपाध्यक्षमा ढल बहादुर पुलामी , सचिवमा लिल कुमार राना , उप–सचिवमा दिल बहादुर राना (दिपक) तथा. सिता कुमारी दाहाल रहेका नेकपा एमाले चन्द्रपुर नगर कमिटि सचिव राजु तिवारीले जानकारी दिएका छन् ।
त्यसैगरी वडा नम्बर २ को अध्यक्षमा शम्भु खड्का , उपाध्यक्षमा दिल बहादुर लो लामा , सचिवमा पंकज चौधरी , सहसचिवमा ङोमा थापा र तारा सिवाकोटी चुनिएका छन् ।
वडा नम्बर ३ को अध्यक्षमा भुनेश्वर गुरो , उपाध्यक्षमा सचिता तिमल्सिना, सचिवमा ताराध्वज वाइवा, सहसचिवहरुमा पुण्य कुमारी थापा र झरना बराल चयन भएका छन् ।
यस्तै वडा नम्बर ४ को अध्यक्षमा डोल बहादुर ठाडा मगर, उपाध्यक्षमा प्रेम कुमारी दुलाल र सचिवमा शंकर बोलखे चुनिएका छन् ।
यता वडा नम्बर ५ को वडा कमिटिको अध्यक्षमा किशोर प्रसाद उपाध्याय सर्वसहमत चयन भएका छन् ।
कमिटिको उपाध्यक्षमा रोशन राम, सचिवमा नविन राज बराल, उपसचिवमा रामकृष्ण अधिकारी , मोती बहादुर मगर चुनिएका छन् ।
यसैगरी वडा नम्बर ८ को अध्यक्षमा ऋषेश्वर दाहाल , उपाध्यक्षमा प्रदिप बस्नेत, सचिवमा तुलाराज चौधरी, सहसचिवमा सुरेश सिंह र पार्वती कार्की चुनिएका छन् ।
त्यसैगरी वडा नम्बर ९ नम्बरको अध्यक्षमा लक्ष्मीप्रसाद कोइराला, उपाध्यक्षमा श्याम मास्के र सचिवमा सुरेन्द्र दाहाल चुनिएका छन् ।
यता वडा नम्बर १० मा राम आशिष साह तेली , उपाध्यक्षमा गंगा साह तेली , सचिवमा छठु चौधरी , उपसचिवमा छविलाल अधिकारी र दशै दास रहेका छन् ।
आठै वडामा सर्वसहमतिबाट पदाधिकारी र सदस्यहरु निर्वाचित भएको र बाँकी रहेको ६ र ७ वडामा पनि केही दिनभित्र वडा कमिटि गठन गरिने बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु