Monday, June 24, 2024

चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

पछिल्लाे समाचार


पर्सा ,२३ असोज //
चोरीको मोटरसाइकलसहित वीरगञ्जबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने २४ वर्षीय अरमान देवान, ३० वर्षीय सदाम अन्सारी र २७ वर्षीय सहमत अन्सारी रहेका छन्।
असोज २२ गते दिउँसो वीरगञ्ज महानगरपालिका–१० स्थित प्रभु बैंक अगाडिबाट वीरगञ्ज महानगरपालिका–१५ बस्ने विवेक कुमार यादवको ना ४८ प ९३६९ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

सूचना पाएलगत्तै खटिएको टोलीले खोजतलासको क्रममा चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको तथा उनीहरु विरुद्ध चोरीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु