Thursday, September 12, 2024

जनमत पार्टीको व्यवहारको बिरोधमा ईन्जिनियरहरूले बुझाए प्रमुख जिल्ला अधिकारी शाहीलाई ज्ञापनपत्र

पछिल्लाे समाचार


रौतहट ,७ कत्तिक //
से
न्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालले आज जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई ज्ञापनपत्र बुझाएको छ ।
देश विधिको शासनमा चल्ने र सो विधिलाई पालना गर्दै जनसेवामा दिनरात खटिएका राष्ट्र सेवक कर्मचारी प्रतिको अमर्यादित अकल्पनीय घटनामा संलग्न असमाजिक तत्वहरूलाई तत्काल गिरफ्तार गरि कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकारसँग माग गर्दै ज्ञापन पत्र बुझाएको हो।
रौतहटको वृन्दाव नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवको अगुवाइमा सो ज्ञापनपत्र बुझाइएको हो।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका आयोजना प्रमुख ई. राजेश कुशवाहा लगायत अन्य कर्मचारीहरू माथि जनमत पार्टीका कार्यकर्ताहरूबाट कार्तिक ४ गते गरिएको अमानवीय व्यवहार प्रति सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (CDEN) प्रदेश नं २ को गम्भीर ध्यानाकर्षण भएको छ ।

जनमत पार्टीका नेता कार्यकर्ताहरू द्वारा राष्ट्र सेवक कर्मचारी माथिको दुर्ववहार र यस्तो अन्य कुनै अमानवीय घटना राष्ट्र सेवक कर्मचारीहरू माथि जिल्लाको कुनै पनि स्थानमा भए वा दोहोरिने शंका लागेमा जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटलाई जानकारी गराउनु र त्यस्तालाइ कडा कानुनी दायरामा ल्याइ कारवाही अगाडि बढाउन तयार रहेको प्रमुख जिल्ला अधिकारी शाहीले ज्ञापनपत्र बुझ्दै प्रतिबद्धता जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु