Saturday, March 2, 2024

जनमत पार्टीले जनकपुर खानेपानी संस्थानका हाकिमलाई अर्धनग्न गरी घुमायो बजार

[sharethis-inline-buttons]

पछिल्लाे समाचार


जनकपुरधाम ,४ कात्तिक //
जनमत पार्टीका कार्यकर्ताहरुले ढल निर्माणमा अनियमितता भएको भन्दै नेपाल खानेपानी संस्थान जनकपुरका निमित्त प्रमुखलाई अर्धनग्न गरी जनकपुर बजार घुमाएका छन् ।
नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई पार्टीका नेता कार्यकर्ताहरुले कुटपीट गर्दै नगर परिक्रमा गराएका हुन् ।
जनकपुरधामको रामानन्द चोकस्थित रहेको सो कार्यालय लाठी सहित पुगेका जनतम पार्टीका दर्जनौँ कार्यकर्ताहरुले निमित्त प्रमुख कुश्वाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए ।

उनीहरुले निमित्त प्रमुख कुशवाहकाको कपडा च्यातेर अर्धनग्न बनाइ हिलो दलि अर्धनग्न पारेर घुमाएका थिए ।जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित ढल निकासको लागि पटक पटक लिखित र मौखिक गुनासो गर्दा पनि ध्यान नदिएकाले जनकारबाही गरिएको जनमत पार्टीले जनाएको छ ।

जनमत पार्टीका नेता कार्यकर्ताहरुले साइकल चोर देश छोड्, भ्रष्ट मेयर चाहिदैन लगायतका नाराहरु समेत लगाएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु