पर्सा , १३ कात्तिक //
जबर्जस्ती करणी गरेको अभियोगमा वीरगंजबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं. २१ का ३८ वर्षीय जाहिर अन्सारी रहेका छन्।
उनले पढाईको लागि वीरगञ्जमा डेरा लिई बस्दै आएकी १९ वर्षीया युवतीलाई आफ्नो परिचय ढाँटी आफू अविवाहित रहेको भनी झुक्याई प्रेम सम्बन्ध गाँसेका थिए ।युवतीलाई बिहे गर्ने प्रलोभन देखाई अन्सारीले पछिल्लो २ वर्षदेखि करणी गरेको प्रहरीले जनाएको छ ।
अन्सारीले जबर्जस्ती करणी गर्ने क्रममा युवतीको अश्लील फोटो र भिडियोसमेत बनाएकोे पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले बताएका छन् ।
पीडित युवतीले जाहेरी दिएपछि अन्सारीलाई वीरगञ्ज महानगरपालिका वडा नं. ८ बाट पक्राउ गरिएको उनले जानकारी दिएका छन्।