Friday, May 24, 2024

तीनलाख रकम दिएर मान्छे मार्न लगाएको अभियोगमा चन्द्रपुरका डोल प्रसाद पक्राउ

पछिल्लाे समाचार

रौतहट १९ असोज /पुरानो रिसीवी साध्न को लागि पैसा दिएर मानिस मार्न लगाएको आरोपमा चन्द्रपुर का एक व्यक्ति पकाउ परेका छन ।
रौतहट चन्द्रपुर नपा ४ कप्तान टोल बस्ने बर्ष ३८ को सहदेव भन्ने डोल प्रसाद वोलखे पक्राउ परेका हुन ।
चन्द्रपुर नपा ३ गैडाटार का ५० बर्षिय रोहीणी प्रसाद घोरासैनीलाई मार्नको लागि गैडाटार बस्ने बर्ष ४५ को प्रल्हाद फुयाल, पर्सा जिल्ला पर्सागढी गाउपालिका ३ बस्ने बर्ष २४ को रमेश पहरी र जिल्ला नवलपरासी (पूर्वी) कावासोती नपा ८ बस्ने बर्ष २३ को सुर्य बहादुर भण्डारीलाई ३ लाख सुपारी दिई गत भदौ २६ गते घोरासैनीको हत्या गरेको आरोपमा उनीहरु लाई प्रहरीले पक्राउ गरेको हो ।
गैडाटार स्थित कालापानी सामुदायिक वन को झाडी भित्र मृतक घोरासैनीलाई मारेर पिरपिरेको रुखको हाँगामा गम्छाको पासो लगाएर झुण्डयाईएको घटनाको मुख्य योजनाकार को आरोपी सहदेव भन्ने डोल प्रसाद वोलखेलाई खोज तलास गर्ने क्रममा असोज १७ गते राती काठमाण्डौबाट स्थानिय प्रहरीहरुको सहयोगमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
घटना लगतै प्रहरीले यसअघि तीनजना लाई पक्राउ गरि अनुशन्धान थालेको थियो ।
पक्राउ परेका हरुलाइ रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भैरहेको डिएसपि लिलाराज लामिछाने ले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु