Thursday, June 13, 2024

दुर्घटनामा परेर घाईते भएका पूर्व अध्यक्ष बुढाथोकीको निधन

पछिल्लाे समाचार


सर्लाही ,२६ असोज //
मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाईते भएका नेपाली कांग्रेसका नेता एवं सर्लाहीको साबिक परवानिपुर गाविसका पूर्व अध्यक्ष जतन कुमार बुढाथोकीको निधन भएको छ ।
उनको उपचारका क्रममा सोमबार साँझ चितवन मेडिकल कलेज भरतपुरमा निधन भएको हो ।

मृतक बुढाथोकीको शवलाई आज (मंगलबार) सर्लाही ल्याएर बागमती नदीमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली कांग्रेस सर्लाहीको जिल्ला कार्य समिति सदस्य समेत रहेका बुढाथोकी असोज १५ गते साँझ रानिगन्जबाट लालबन्दी नगरपालिका–१६, स्थित परवानिपुर घरतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेका थिए ।

त्यसबेला दुईवटा मोटरसाइकल ठोक्किँदा बुढाथोकीसहित ४ जना घाईते भएका थिए । प्रहरीका अनुसार अन्य तीन जना घाईतेहरु उपचारपश्चात डिस्चार्ज भइसकेका छन् ।
उक्त दुर्घटनाबारे अनुसन्धान जारी रहेको लालबन्दी प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु