Wednesday, May 22, 2024

धनुषाका एक नेपालीको अमेरिकामा हत्या

पछिल्लाे समाचार


धनुषा ,३ कार्तिक //
अमेरिकामा व्यवासय गर्दै आएका आएका धनुषाका एक नेपालीको हत्या भएको छ ।
जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर घर भएका अन्दाजी ५४ वर्षीय लालकिशोर महासेठको हत्या भएको हो।
अमेरिकाको फल रिभरको म्याचुस्टरमा जेनरल स्टोर सञ्चालन गर्दै आइरेहका महासेठको सोमबार राति पसलमै गोली प्रहार गरी हत्या भएको मधेशी एसोसिएन अफ अमेरिकाका अध्यक्ष सत्येन्द्र साहले बताएका छन्।

अमेरिकी समयअनुसार राति ९ बजे पसलमै रहेका बेला अज्ञात व्यक्तिहरूको एक समूहले गोली प्रहार गरी उनको हत्या गरेको उनले जनाएका छन्।
हत्या कसले र किन गरेको यसबारे खुल्न नसकेको र घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।
मधेशी एशोसिएसन अफ अमेरिकाका सल्लाहकार समेत रहेका महासेठ गएको १५ वर्षदेखि परिवारसहित अमेरिकामा बसेर व्यवसाय गर्दै आइरहेको बताइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु