Monday, June 24, 2024

धनुषामा एक पुरुषको शव फेला

पछिल्लाे समाचार


धनुषा ,३१ असोज//
धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा धनुषामा एक पुरुषको शव फेला परेको छ ।
आइतबार बिहान धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा सिरहाको मिर्चैया नगरपालिका ८ का संजिव पण्डितको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
झाडीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शव फेला परेको खबर पाए लगतै प्रहरी चौकीबाट खटिएको टोलीले मृतक पण्डितको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाएको बस्नेतले बताएका छन्। घटना विषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु