Wednesday, May 22, 2024

नेकपा एमाले चन्द्रपुर वडा नम्बर ५ को वडा कमिटिको अध्यक्षमा उपाध्याय

पछिल्लाे समाचार

रौतहट ६,कार्तिक । नेकपा एमाले चन्द्रपुर वडा नम्बर ५ को वडा कमिटिको अध्यक्षमा किशोर प्रसाद उपाध्याय सर्वसहमत चयन हुनुभएको छ । आज राधाकृष्ण मन्दिरको सभाहलमा सम्पन्न वार्ड भेलाले उपाध्यायको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा रोशन राम, सचिवमा नविन राज बराल, उपसचिवमा रामकृष्ण अधिकारी , मोती बहादुर मगर चुनिनु भएको नगर कमिटि सचिव राजु तिवारीले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष उपाध्याय सो वडामा नेकपा एमालेको सगठन विस्तार गर्दै आगामि निर्वाचनहरुमा एमालेलाई पहिलो पार्टी बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘देश र जनताको हित गर्ने एकमात्र्रे पार्टी भनेकै एमालेनै हो’ उहाँले भन्नुभयो , ‘त्यसै आगामि निर्वाचनमा एमालेनै जित्नुपर्छ । त्यसको लागि हामी कटिवद्ध भएर लाग्नेछाँै ।
शनिवार भएको भेलामा ५० जना माओबादी पार्टीमा आवद्ध भएकाहरु पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश समेत गरेका छन्। नव प्रवेसीहरुलाई नेकपा एमालेका प्रदेश कमिटि सदस्य उद्धव रेग्मीले अबिरमाला लगाई पार्टीमा स्वागत गरेका छन्।
नेकपा एमाले प्रदेश कमिटि सदस्य उद्धव रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु