Monday, October 7, 2024

नेकपा एसमा नातागोतालाई प्राथमिकता दिएकोप्रति सांसद यादवको असन्तुष्टि

पछिल्लाे समाचार


जनकपुरधाम ,१ कातिक //
नेकपा प्रदेश सांसद मन्जु यादवले नेकपा एकीकृत समाजवादीले विस्तार गरेको केन्द्रीय कमिटी र कार्य विभाजन प्रति असन्तुष्टि जनाएकी छिन्।
केन्द्रीय समिति विस्तार र कार्यविभाजनमा नातागोतालाई प्राथमिकता दिएको भन्दै उनले समाजिक सञ्जालमा पोस्ट लेख्दै असन्तुष्टि जनाएकी हुन् ।
मापदण्ड बनाएर केन्द्रीय सदस्य छनोट गरिएको पार्टीले बताए पनि त्यो मापदण्ड व्यक्ति विशेषमामात्र लागू गरिएको यादवले बताइन् ।
प्रदेश २ बाट महिलालाई केन्द्रीय कमिटीमा मनोनयन नगरिएको, माथिल्लो कमिटीमा आफू बसेर तल्लो कमिटीमा नातागोतलाई मनोनित गर्ने प्रवृत्तिले अन्ततः पार्टीलाई क्षति पुर्‍याउने उनको भनाइ छ।
नेकपा(एकीकृत समाजवादी) प्रदेश २ को ‘दलाल’ प्रवृत्तिका पुरुषका लागि मात्र भएको उनको आरोप छ।

पार्टीको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित भएकी उनले माथिल्लो कमिटीमा रहेका नेताहरूलाई चुनाव लडेर देखाउन चुनौती समेत दिएकी छिन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु