पर्सा ,७ कत्तिक //
वीरगञ्जको मुख्य चौक घण्टाघरमा पर्साको किसान हरुले प्रदशन गरेको छ।
शनिबार बेमौसमी बर्षाले पिडित अन्नदाता किसानहरुको क्षतिपुर्ति तथा राहतको माग गर्दै वीरगन्जमा प्लेकार्ड सहित प्रदर्शन गरेको हो।
पिडित किसानलाई छतिपुर्ति देउ, प्रति कठा राहत घोषणा गर, कृषि बिमा लागु गर, अन्नदाता किसान नबाचे हामी कसरी बाच्ने नारा सहित प्रदर्शन गरिएको थियो। सहभागी सब किसान एवम् युवाहरुले सरकारले हाम्रो माग पुरानगरे सम्म किसान सत्याग्रह जारि राखने बताएका छन्।
यसवर्ष बेमौसमी वर्षाले किसानको बालिमा नोकसानि पुर्याएको छ ।
हरेक वर्ष मौसम परिवर्तन भईहुने भारीवर्षाले हावाहुरी, वर्षालगायत विभिन्न दैविक प्रकोपको किसानहरुले सामना गर्दै आएका छन् ।
तर सरोकारवाला पक्षले भने कुनै चासो नदेखाएको भन्दै किसान सत्याग्रहको अर्को विकल्प नरहेको कार्यक्रममा उपस्थित समाजसेवी तथा यूवानेता ओमप्रकाश सरार्फले बताएका छन् ।