पर्सा , ११ कात्तिक //
पर्साको ग्रामिणभेगमा गिट्टी, बालुवा र ढुङ्गाको व्यापक तस्करी भैरहेको छ ।
जिल्लाको ग्रामिणभेगमा रहेका भलुवाहीखोला, गादी खोला, जमुनिया खोलाहरुबाट दिनहु १० वटा ट्रैक्टरहरुमा लोडगरी प्रहरीकै मिलोमतोमा तस्करी भैरहेको पाइएको छ ।
गाउँपालिकाहरुको बिबादको कारण खोला नखुल्दा निर्माणको कार्यहरु ठ्प्प रहेको भएतापनि खोलाबाट लुकाइ छिपाइ गिट्टी, बालुवा र ढुङ्गा सहजै रुपमा पाइरहेको हुदा केही मात्रामा निर्माण कार्य भैरहेको सखुवाप्रसौनीका स्थानीयले बताएका छन्।
तस्करहरु खोलाबाट अबैध तरिकाले गिट्टी, बालुवा तथा ढुङ्गाहरु सहजै रुपमा ग्रामिणभेगको बोर्डर छेउ सम्म पुर्याइरहेका स्थानियहरु बताउछन ।
तस्करहरुको भनाइ अनुसार कानुन कमजोर भएको हुदा आफुहरु पक्राउ भए तापनि ५ हजार जरिबाना मात्र लाग्ने भएको बताएका छन् ।