पर्सा , ६ कत्तिक //
पर्साको पकहामैनपुर गाउँपालिकाको नंया भवनको शिलान्यास गरिएको छ।
शुक्रबार एक कार्यक्रमका बिच प्रमुख अतिथि निलम्बित सांसद हरिनारायण रौनियारले बिधवत रुपमा भवनको शिल्यानस गरेका हुन्।
शिलान्यास गर्दै सांसद रौनियारले पचास वर्षमा नभएको बिकास संघियता आएको चार वर्षमा भएको बताएका छन्।
पहिला सदरमुकाम बाट आवत जावत मा समस्या रहेको थियो अहिले यता चार् वर्षमा बाटोघाटो,स्वास्थ्य , शिक्षा,कृषि लगायत भौतिक पुर्वधार बिकास को काम मा बिकाल निर्माण देखिएको उनले बताएका छन्।
गाउँ गाउँ टोल टोलमा सडक, नाला, बिधुत पोल जडान, वाईफाई, कृषि, शिक्षा , स्वास्थ्य, र सिचा लगायत काम भएको गाउँपालिका अध्यक्ष बिजय चौरसियाले बताएका छन् ।
गाउँपालिका अध्यक्ष बिजय चौरसियाको अध्यक्ष्तामा भएको शिलान्यास कार्यक्रममा प्रदेश सांसद मंजुर आलम, बिन्दबासनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु, सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल, जसपा नेपालका प्रदेश सदस्य गौरिशंकर साह दादा,जसपाका क्षेत्रिय अध्यक्ष नागेन्द्र यादव, लगायतको उपस्थिति रहेको थियो।