Wednesday, May 22, 2024

प्रदेश २ का किसानहरुको लागी राहत उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांग

पछिल्लाे समाचार


रौतहट ,४ कार्तिक //
बाढी पीडित प्रदेश २ का किसानहरुको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री लालबाबु राउतले
मांग गरेका छन् ।
मुख्यमन्त्री राउतले राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा पछिल्लो समयमा भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेश २ को धानवालीमा व्यापक क्षति भएको उल्लेख गर्दै राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेका हुन्।

पछिल्लो समय बाढीले देशै भरि ठूलो क्षति भएपछि संघ सरकारले क्षति व्यवस्थापनका लागी प्राधिकरणको बैठक मा बोलाएको थियो ।
मुख्यमन्त्री राउतले बैठकमा धान भित्र्याउने बेलामा आएको बाढीले धान बाली नष्ट हुनुका साथै अन्यबालीमा समेत असर परेको उल्लेख गर्दै संघ सरकारले प्रदेश २ को किसानहरुको लागी विशेष प्याकेज घोषणा गर्नु पर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा भएको उक्त बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्री , प्रमुख सचिव लगायतको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु